सिन्धुलीमा सवारी दुर्घटनाः १२ जना घाइते

विट्स संवाददाता सिन्धुलीमाढी मंसिर,२८ बिहिबार।सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली नजिक विपी लोकमार्गमा बुधबार हायस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।   दुर्घटनामा परी घाइते हुनेमा सबै उद्यपुरका रहेका छन्। जसमा हायसमा सवार उद्यपुर त्रियुगा नगरपालिका ८ की यशोधा प्याकुरेल, उनका छोरा केशव प्याकुरेल, अर्जुन प्रसाद ढुंगाना, भगवती ढुंगाना लगायत १२ जना रहेको प्रहरीले

सिन्धुलीमा आगलागीमा परी एक पुरुषको मृत्यु

विट्स संवाददाता सिन्धुलीमाढी मंसिर,२८ बिहिबार।सिन्धुलीको फिक्कल गाउँपालिकामा आगलागीमा परी एक पुरुषको मृत्यु भएको छ।फिक्कल गाउँपालिका–२ डाङसेका ५५ वर्षीय रामजी बहादुर बोगटीको आगलागीमा परी बुधबार मृत्यु भएको हो।   काठले बनेको खरको छानो भएको एक तले गोठमा अचानक आगलागी हुँदा आगो निभाउने क्रममा उनको बाँया हात, दुवै खुट्टा र अनुहारमा पोलेको थियो। आगलागीमा परी